क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिका र इजरायल उभिएका छन् भने कोलम्बिया, युक्रेन र ब्राजिल अनुपस्थित थिए ।
अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । यस अगाडि सन् २०१९ मा भएको भोटमा १८७ मुलुकले नाकाबन्दी हटाउन माग गरेका थिए ।
क्युबाको सम्बन्धमा अमेरिका एक्लिदै गएको छ तर उसले आफ्नो अडान परिवर्तन गरेको छैन । अमेरिकाले भने क्युबामा प्रजातन्त्र र मानव अधिकारको रक्षा गर्ने उद्देश्यले नाकाबन्दी गर्दै आएको बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।