शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या ४२ हजारमा झर्‍यो


  • मंगलबार, असार ८ २०७८
8.6K
SHARES

फाईल तस्बिर

भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ४२ हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ९१ दिनयताकै सबैभन्दा कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा १ हजार १६७ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ३०२ पुगेको छ । त्यस्तै समग्र कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ७७ हजार नाघेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ६२ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडु र केरलामा सात हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारमा झरेको छ । दिल्लीमा दैनिक एक सयभन्दा कम कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

भारतमा अहिलेसम्म २८ करोड ८७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा