पाकिस्तानमा ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको छ ।
खरोटावाद क्षेत्रमा बिहीबार एक माध्यामिक विद्यालय नजिकै भएको एउटा हाते ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको हो । अरू दुई जना घाइते भएका छन् ।
काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) का अधिकारीहरूका अनुसार १३ देखि १८ वर्षका किशोरहरुको मृत्यु भएको हो । उनीहरु एक कब्रस्तानबाट फर्किएर घर जाँदै गरेको अवस्थामा विस्फोट भएको थियो ।
बाटोमा भेटेको उपकरण समातेर खेलाउने क्रममा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
स्रोत : डाउन डट कम
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।