शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित


  • आइतबार, असार ६ २०७८
11K
SHARES

फाइल तस्विर

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन्  । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।

रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन् । अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए ।

इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी छन् । रईसीले अगष्टको पहिलो साता कार्यभार सम्हाल्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा