कोरोना संक्रमण जोखिमको कारण देखाउँदै युरोपेली मुलुक पोर्चुगलले नेपालीलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
उसले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राख्दै जुन १५ देखि नेपालीहरुलाई यात्रामा प्रतिबन्ध लगाएको हो ।
नेपालमा कोरोनाको भारतीय भेरिएन्ट फैलिएको भन्दै पोर्चुगलले नेपालीलाई यात्रामा रोक लगाएको हो ।
पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन पोर्चुगलले अमेरिका, बेलाय, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड लगायत केही मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध नलगाए पनि कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।