आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै भारतको महाराष्ट्रमा एक सांसदले ठेकेदारको टाउकोमा नालीको पानी खन्याईदिएका छन् ।
बाटोको छेउमा रहेको फोहर पानी बग्ने नाली राम्रोसँग सफा नगरेको भन्दै शिवसेना पार्टीका सांसद दीलिप लांडेले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएका हुन् ।
फोहोर पानी टाउकोमा खन्याउँदै गरेको भिडियो अहिले चर्चामा आएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भारतीय न्युज एजेन्सी एएनआईका अनुसार मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिएका हुन्।
विधायक दीलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् ।
नाली ठीकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।