
भोजपुर ।
भोजपुरको पूर्वी पौवादुम्मा गाँउपालिका वडा नं. ३ च्याङ्ग्रेमा स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले हिजो साँझ धारिलो हतियार (बाम्फोक) प्रहार गरि दुइ युवती घाइते बनाएका छन् । घाइते हुनेमा २८ वर्षीय मनिकला शाक्य र १७ वर्षीय भद्रिका राई रहेकेा प्रहरीले जानकारी दिएकाे छ ।
दुवै जनालाई घरमा बसिरहेको बेला विनाकारण श्रेष्ठले आक्रमण गरेकाे पीडितले बताएका छन् । हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागेको छ । त्यस्तै मनिकलाको टाउकोमा चोट लागेको छ । उनलाई भने थप उपचारको लागि धरानस्थित बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
हतियारसहित पक्राउ परेका कुमारलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।