चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको बैठकमा यो निर्णय सुनाइएको हो। सरकारले तीन जना बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने भएको छ।
चीनमा गहिरिँदै गएको जनसंख्या घट्ने समस्यालाई रोक्न महत्वपूर्ण कदम चाल्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ।
चीन सरकारले यसअघि दम्पतीलाई दुई बच्चा जन्माउने अनुमति दिइएको थियो।
वैशाख २८ गते सार्वजनिक भएको चिनको पछिल्लो जनगणनाको रिपोर्टअनुसार अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।