शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अमेरिकामा २ करोड ७६ लाखभन्दा धेरैले जिते कोरोना


  • बिहिबार, जेष्ठ १३ २०७८
10.3K
SHARES

फाइल तस्विर

अमेरिकामा २ करोड ७६ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ५६ हजार ३४ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७६ लाख ६२ हजार २६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६०७ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ६ लाख  ६ हजार १७९ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ३९ लाख ७१ हजार २०७ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा