शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो


  • सोमबार, जेष्ठ १० २०७८
10.6K
SHARES

फाईल तस्बिर

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको हो । सो अवधिमा कोरोनाका २ लाख २२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २६ हजारभन्दा धेरै छ । कर्नाटक र केरलामा २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा आन्ध्र प्रदेशमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।

भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, मृत्युदर भने अझै पनि घटेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा