वासिङ्टन (एएनआई)- अमेरिकाको ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ । अन्य पाँच व्यक्ति घाइते भएका छन् ।
पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।’
सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।