कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ ।
इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो । अब मानिसहरु सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहन आह्वान गरेका छन् ।
बेलायतमा हाल दैनिक १९ सय हाराहारीमा नयाँ संक्रमित थपिँदै आएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ चार संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म बेलायतमा ४४ लाख ५० हजार ७७७ जना संक्रमित भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।