जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।
उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।