अमेरिकी संसदमा नेपालमा बढेको कोरोना भाइरसको महामारीबारे छलफल भएको छ ।
सिनेटको फरेन रिलेसन्स कमिटीमा नेपालमा कोरोना महामारी र नेपाललाई दिनुपर्ने सहयोगको विषय उठाएका हुन् ।
युएसएआईडी सिनेट टास्कफोर्सका कार्यकारी निर्देशक जेरेमीले कोभिड –१९ मा सहयोगको निमित्त नेपाललाई थप १० मिलियन डलर छुट्याइएको जानकारी दिए । यसअतिरिक्त नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पठाउने विषय पनि छलफलमा आएको छ ।
नेपाललाई दिइने उक्त सहयोग कोभिड रेस्पोन्सको अपतकालीन फण्डबाट दिइने जेरेमीले जानकारी दिएका छन् ।
तीनजना अमेरिकी सिनेटरहरुले नेपालमा फैलिएको महामारीलाई छलफलको एजेण्डा बनाएका थिए ।
सिनेटर भ्यान हाउलान्को नेपाललाई खोपलगायतका अत्याबश्यक सामग्री सहयताको निर्णय छिट्टै हुने जानकारी दिएकी थिइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।