भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमण दर पछिल्लो २४ घण्टामा केही घटेको छ ।
दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार २३९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।
विश्वमा कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।
भारतमा हालसम्म कोरोनाले २ लाख ६२ हजार ३५० जनाले ज्यान गुमाएका छन् । जसमध्ये २४ घण्टामा मात्रै ३ हजार ९९९ को मृत्यु भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।