शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

फाइजरको खोप १२–१५ वर्षका बालबालिकालाई पनि लगाउन अनुमति


  • मंगलबार, बैशाख २८ २०७८
17.6K
SHARES

फईल तस्बिर

अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रयोगको अनुमति पाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । सो उमेर समूहका २ हजार २६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी र सुरक्षित पनि देखिएको थियो ।

यो उमेर समूहका बालबालिकालाई प्रयोगको अनुमति पाउने यो पहिलो खोप हो । आगामी बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप दिन सुरु हुन सक्ने समाचारमा उल्लेख छ । अमेरिकाको यो निर्णयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र सामान्यरुपमा विद्यालय सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युवा तथा किशोरहरुलाई छिटोभन्दा छिटो कोरोना खोप उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । अहिले अमेरिकामा १६ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई कोरोना खोप उपलब्ध छ । अहिलेसम्म अमेरिकामा करिब २६ करोड डोज कोरोना खोप दिइएको छ ।

एजेन्सीहरुको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा