अप्रिल २९ मा प्रक्षेपण गरिएको चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेट अनियन्त्रित भएको थियो।
उक्त रकेट चीनको स्थानीय समयअनुसार आइतबार १०ः२४ मा पृथ्वीमा वायुमण्डलमा पुनः प्रवेश गरेको थियो। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो र बाँकी रहेको भाग माल्दिभ्सको पश्चिमी क्षेत्रमा खसेको हो। उक्त रकेट अन्तरिक्षमा स्पेस स्टेसन निर्माणको लागि महत्वपूर्ण मोड्युल पृथ्वीको तल्लो कक्षमा पुर्याउने उद्देश्यका साथ प्रक्षेपण गरिएको थियो।
अहिलेसम्म रकेट खस्दा जमिन वा समुद्री क्षेत्रमा कुनै नकारात्मक असर पुगेको वा नपुगेको भन्नेबारे कुनै समाचार आएको छैन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।