शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो


  • आइतबार, बैशाख २६ २०७८
18.1K
SHARES

फाइल तस्विर

चीनले अन्तरिक्षमा पठाउँदा अनियन्त्रित बनेको रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ।

रकेटको अधिकांश हिस्सा वायुमण्डलमै जलेको र केही भाग महासागरमा खसेको बीबीसीमा उल्लेख छ।

चीनको स्पेश इञ्जिनियरिङका अनुसार लङ मार्च ५बी नामक सो रकेट हेनान द्वीपबाट अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ प्रक्षेपण गरिएको थियो। यो रकेटले चीनको इन्टरनेशनल स्पेश स्टेशनको प्रमुख मोड्यूललाई पृथ्वीको तल्लो कक्षतर्फ लैजाँदै थियो।

रकेट अनियन्त्रित बनेपछि यो रकेट बसोबास रहेको क्षेत्रमा गिर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो। सो रकेटको तौल १८ टन थियो।

दशकयता पृथ्वीतर्फ खसेको यो नै सबैभन्दा ठूलो वस्तु हो। रकेट अनियन्त्रित भएपछि अमेरिकाले चीनलाई अन्तरिक्षको मामिलामा जिम्मेवार रवैया देखाउन चेतावनी दिएको थियो।

अनियन्त्रित भएका रकेटहरू पृथ्वीतर्फ नै फर्कन्छन् र वायुमण्डलमा घर्षण भई आकाशमै जल्ने गर्छन्। तर, रकेटमा राखिएका केही धातुहरू जमिनमै ठोक्किन आइपुग्ने जोखिम अधिक हुन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा