शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चीनमा ३० करोड व्यक्तिले लगाए कोरोनाविरूद्धको खोप


  • आइतबार, बैशाख २६ २०७८
15.4K
SHARES

प्रतिकात्मक तस्बिर

चीनमा ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुर्‍याउने अभियानलाई तीब्र पारिरहेको छ ।

बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।

शुक्रवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति पनि दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैठौं खोप बनेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा