शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

संक्रमण बढेपछि जापानमा फेरि बढाइयो आपतकाल


  • आइतबार, बैशाख २६ २०७८
17.6K
SHARES

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ ।

जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्‍याएको हो ।

टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा  आपतकालको समयावधि बढाइएको हो ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌ ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् ।

संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले उल्लेख  गरेको छ ।

कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा