नेपालमा भएका केही आपराधिक घटनामा नाम जोडिएका भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो ।
मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा उनको समूहको संलग्नता रहेको अभियोग लागेको थियो । कोरोनाका कारण उनको शुक्रबार निधन भएको अस्पतालले जनाएको छ ।
राजनको नेपाल कनेक्सन
छोटा राजनको अपराध सञ्जाल भारतमा मात्र सिमित थिएन । उनको समूह नेपालमा भएका केही हाइप्रोफाइल हत्यामा संलग्न रहेको जाँचबुझ आयोगका प्रतिबेदनहरुको ठहर छ ।
मिडिया उद्यमी जमिम साह, मिर्जा दिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यक्रमा राजनको समूह संलग्न रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।