शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

असममा ६.४ म्याग्नेच्युडको भूकम्प, पूर्वी नेपालमा पनि धक्का


  • बुधबार, बैशाख १५ २०७८
14.1K
SHARES

बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

भूकम्पपछि निरन्तर परकम्पहरू पनि आइरहेका छन्। भूकम्पले डराएका मानिसहरूले घर छोडेर बाहिर निस्किएका छन्।

केही ठाउँमा भवनहरू भत्किएका भए पनि मानवीय क्षतिबारे जानकारी आएको छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा