रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् ।
अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो अभिव्यक्ति आएको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले सबै देशसँग सुमधुर सम्बन्ध होस् भनेर आफूले चाहे पनि पश्चिमा देशहरुले लगातार रुसमाथि निशाना साधेको आरोप लगाए ।
पुटिनले भने, ‘हामी सम्बन्धलाई सामान्य बनाउने कोसिस अन्त्य गर्न चाहदैनौं । तर यदि कोही हाम्रो उदारतालाई कमजोरी ठान्छ भने हाम्रो प्रतिक्रिया त्यस्तै किसिमको कठोर हुने छ ।’
पुटिनले बेलारुसमा सत्ता उल्टाउने षडयन्त्र गरेको भनेर पश्चिमा देशमाथि नै आरोप लगाए । उनले भने, ‘अन्यायपूर्ण प्रतिबन्धहरुको प्रयोग अति नै खतरनाक दिशामा बढेको छ । जस्तो कि बेलारुसमा सत्ता उल्ट्याउने प्रयास ।’
हालै बेलारुस सरकारविरुद्ध प्रदर्शन भएको बेला पुटिनले भने बेलारुसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेलाई साथ दिए । बेलारुसका अधिकारीहरुले अमेरिकाको उक्साहटमा राष्ट्रपति लुकाशेको हत्या गर्ने षडयन्त्र रचिए पनि त्यसलाई असफल पारेको अभिव्यक्ति दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।