शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पाकिस्तानको क्वेटा शहरमा विस्फाेट, चार जनाको मृत्यु


  • बिहिबार, बैशाख ९ २०७८
14.7K
SHARES

फाईल तस्बिर

पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फाेट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विस्फाेटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विस्फाेट भएको थियो ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विस्फाेटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ ।

विस्फाेटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा