शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फुकुसिमाको पानी समुद्रमा फाल्ने जापानको निर्णयमा कोरियाको आपत्ति, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने


  • बिहिबार, बैशाख २ २०७८
12.6K
SHARES

फाईल तस्बिर

फुकुसिमा आणविक स्टेशनको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने जापानको निर्णयप्रति छिमेकी दक्षिण कोरियाले आपत्ति जनाएको छ।

दक्षिण कोरियाका लागि जापानी राजदूत कोइची अइबोसीलाई बोलाएर कोरियाले उक्त निर्णयप्रति आपत्ति जनाएको हो। जापानको निर्णयविरूद्ध कोरियालीहरूले जापानको दूतावास र महावाणिज्यदूतावास अगाडि प्रदर्शनसमेत गरेका छन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले अधिकारीहरूलाई जापानको निर्णयविरूद्ध कानुनी उपचारमा जान पनि निर्देशन दिएका छन्।

दक्षिण कोरियाले प्रदुषित पानी समुद्रमा छोड्दा समुद्रको पानी र त्यहाँको जैविक प्रणालीमा क्षति पुग्ने भएकाले त्यसो गर्न नहुने बताउँदै आएको छ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले जापानको निर्णयपछि अमेरिका र चीनका अधिकारीहरूसँग पनि यस विषयमा कुराकानी भइसकेको जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा