शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन झण्डै २ लाखमा संक्रमण


  • बिहिबार, बैशाख २ २०७८
8.9K
SHARES

फाईल तस्बिर

भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ९९ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (बुधबार) वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २४ लाख २६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ५९२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३७ जनाको मृत्यु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा