शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बेलायतस्थित म्यानमारका राजदूतलाई छिर्न दिइएन आफ्नै दूतावासमा


  • बिहिबार, चैत्र २६ २०७७
10K
SHARES

फाईल तस्बिर

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ।

फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन्।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन्। दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए। स्रोतलाई उद्धृत गर्दै सिएनएनले सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ।

‘यसबारे प्रतिक्रिया लिन खोज्दा दूतावासको फोन नउठेको र इमेलमा पनि जवाफ आएन,’ सिएनएनले भनेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा