एजेन्सी । मेक्सिकोमा एक ७० वर्षीया महिला गर्भवती भएकी छन् । सिनालोआस्थित मजत्लासन क्षेत्रकी बासिन्दा ७० वर्षकी मारिया डी लालुस अहिले ६ महिनाकी गर्भवती रहेको बताइएको छ । उनले आठौँ सन्तानको रुपमा बच्चा जन्माउन लागेकी हुन् ।
उनको दाबी धेरैले नपत्याएपछि उनले मिडियामा आफ्नो अल्ट्रासाउण्ड रिपोर्ट नै सार्वजनिक गरेकी छिन् । समाचारका अनुसार उनी पहिले नै ७ बच्चाकी आमा हुन् । पाको उमेरमा पुनः गर्भवती भएपछि डाक्टरहरु पनि अचम्ममा परेका छन् ।
आफूलाई पाइताला दुख्ने र पटक–पटक वान्ता हुनेलगायतका गर्भावस्थाका लक्षण देखिएपछि उनले गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड पनि गराइन् । विभिन्न १० वटा क्लिनिकहरुमा गएर परीक्षण गर्दा पनि गर्भको सकारात्मक नतिजा आएपछि मात्र उनलाई आफू गर्भवती भएको यकिन भयो ।
आफ्नो गर्भमा अहिले छोरी रहेको पनि उनले बताएकी छिन् । ७० वर्षमा गर्भवती हुने मारिया दुनियाँको एक्लो महिला भने होइनन् ।
भारतको पन्जाबकी दलजिन्दर कौन नामकी महिलाले सन् २०१६ मा ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्वमा सबैभन्दा पाको उमेरमा आमा बन्ने महिलाको कीर्तिमान राखेकी छिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।