शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए


  • बुधबार, चैत्र २५ २०७७
8.7K
SHARES

फाईल तस्बिर

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको छ ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा