ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा दिएपछि राजनीतिक भुइँचालो गएको छ।
राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएका थिए। त्यसको अर्को दिन मंगलबार ब्राजिलको सेना, नेभी र एयर फोर्सका प्रमुखले राजीनामा बुझाएका हुन्। मंगलबार नयाँ रक्षामन्त्रीलाई भेटेर उनीहरूले एकसाथ राजीनामा बुझाएको बताइएको छ। मन्त्रालयले उनीहरूको ठाउँमा नयाँ प्रमुखहरू नियुक्त गरिने बताएको छ।
ब्राजिलियन सञ्चारमाध्यमहरूले राष्ट्रपतिसँग असहमति राखेर इतिहासमा पहिलो पटक तीनै सेनाका प्रमुखले राजीनामा दिएको उल्लेख गरेका छन्।
बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभई आफ्नो तजबिजमा चलाउन खोजेपछि रक्षामन्त्री फर्नान्डो एजेभेडो इ साल्भाले त्यसको विरोध गरेका थिए।
कोरोनाभाइरस महामारीलाई राम्ररी ‘ह्यान्डल’ गर्न नसकेको भन्दै चर्को आलोचना खेपिरहेका राष्ट्रपति बोल्सोनारोलाई यो घटनापछि चुनौती थपिने भएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।