म्यानमारमा शनिवार ‘आर्म्ड फोर्सेज डे’ को अवसरमा सेनाको चेतावनीपछि सडकमा निस्किएका प्रदर्शनकारीमध्ये कम्तीमा ९१ जनाको गोली लागेर ज्यान गएपछि सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा ‘भव्य पार्टी’ गरेको बीबीसीले जनाएको छ ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतवार बिहान मृतकको अन्तिम संस्कारका क्रममा पनि सेनाले हस्तक्षेप गर्ने कोसिस गरेको थियो ।
शनिवार भएको सेनाको दमनपछि पनि आइतवार विरोध प्रदर्शनको सिलसिला रोकिएको छैन ।
म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि शनिवार २७ मार्च प्रदर्शनकारीका लागि सबैभन्दा धेरै हिंसक दिन साबित भयो । गएको फेब्रुअरीदेखि भएको प्रदर्शनका क्रममा अहिलेसम्म चार सयभन्दा धेरैको ज्यान गइसकेको छ ।
आइतवार कैयौँ देशका रक्षा प्रमुखहरुले एक संयुक्त विज्ञप्ति नै निकालेर म्यानमारको हिंसक सैन्य कारबाहीको भर्त्सना गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।