एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेको छ ।वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले जनाएको छ । तर अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकाको आलोचना गरेलगत्तै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।किमकी बहिनी किम यो जोङले आफ्नो मुलुकप्रतिको नीति सार्वजनिक गर्न अमेरिकासँग माग गर्नुभएको थियो ।
उहाँले अमेरिकाले सम्बन्ध सुधार भन्दा पनि विग्रह ल्याउने भूमिका खेलेको जोङको आरोप थियो ।उहाँले अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेर आफ्नो देशमाथि हमलाको प्रयास गरेको आरोप लगाउनुभएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।