शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकाले उत्तर कोरियाविरुद्ध घटिया चाल चलेको उत्तर कोरियाको आरोप


  • बिहिबार, चैत्र ५ २०७७
9.7K
SHARES

फाईल तस्बिर

उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास कयौँ पटक असफल भएको भन्ने अमेरिकी सरकारको दाबीलाई उत्तर कोरियाले अस्विकार गरेको छ ।

उत्तर कोरिया विदेश मन्त्रालयका प्रथम उपमन्त्री छो सोन होई ले अमेरिकाले आफ्नो शत्रुतापूर्ण नीतिबाट पछि नहटेसम्म कुनै जवाफ नदिने र अमेरिकाको घटिया चालको संज्ञा दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियालाई लिएर गलत प्रचारबाजी गरेको होइको आरोप छ ।

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री दक्षिण कोरियाको भ्रमणका रहेको बेला उत्तरको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिका र दक्षिण कोरिया दुबै देशले उत्तर कोरियाका कारण क्षेत्रीय खतरा बढाएको आरोप लगाएका छन् ।

यसअघि पनि नेता किमकी बहिनीले पनि अस्थीरताको कारक नबन्न अमेरिकालाई चेतावनी दिएकी थिईन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा