शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फ्रान्सिस जेवियरको शव ४५० वर्षदेखि गोवाको चर्चमा


  • बिहिबार, चैत्र ५ २०७७
12.3K
SHARES

फाईल तस्बिर

हरेक चर्चमा इसाईहरु प्रभु येशु क्रिष्टको प्राथना गर्दछन् । तर भारतमा रहेको एक चर्च प्राथनाका अलावा अन्य कारणले परिचित रहेको छ । भारतको गोवामा रहेको ओल्ड गोवा चर्चमा ४ सय ५० वर्षदेखि एक ईसाई सन्तको मृत शरीर (डेड बडी)लाई सजाएर राखिएको छ । मान्यता अनुसार उक्त शवमा कैयौं दिव्य शक्तिहरु समावेश छन् र त्यस शवबाट आज पनि रगत बग्दछ ।

पुरानो गोवामा स्थित बेसिलिका अफ बम जीसस चर्च (Basilica of Bom Jesus Church)मा हरेक वर्ष ६–९ फेब्रुअरीमा हुने कार्निवलका अवसरमा हजारौ मानिस आउने गर्दछन् । यस चर्चमा ४५० वर्षदेखि फ्रान्सिस जेवियर नामक ब्यक्तिको शव राखिएको छ । मान्यता अनुसार उनको शवमा आजपनि दिव्य शक्ति रहेको छ जसका कारण यो खराब भएन ।

चीनको यात्राको क्रममा जेवियरको मृत्यु भएको थियो । उनले आफ्नो शवलाई गोवामा नै गाड्न (दफन) इच्छाएका थिए । त्यसैले उनका शिष्यले गोवामा नै उनको शव गाडे । तर केही वर्षपछि रोमबाट आएका केही सन्तको डेलिगेशनले उनका शवलाई बाहिर निकाले । पछि पूनः उनको शव गाडियो । यसरी तीन पटक उनको शव बाहिर निकालियो र अन्ततः त्यस चर्चमा राखियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा