भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राजनीतिबारे विवादास्पद अभिव्यक्ति दिएका छन्।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा भएको एक कार्यक्रममा उनले सबै वर्ग र समुदायलाई साथै लिएर हिँड्न नसके नेपालमा माओवादीको जस्तै हालत हुने टिप्पणी गरेका छन्। साथै उनले सबै समुदाय नमिले नेपालमा माओवादको भएको जस्तै एउटा विकृत रुप देखापर्ने बताए।
समाजमा भेदभाव रहेको र यसले विकृत रुप देखाउने उनको भनाइ थियो। यसै प्रसंगलाई उनले नेपालमा माओवादको हालतसँग जोडेर अभिव्यक्ति दिएका हुन्।
सम्बोधनको सुरुमा नारी र महिला शक्तिको खुलेर तारिफ गरेका उनले भारतमा पनि थारु समुदायको स्वतन्त्रतापछि पनि शासनको सुविधाबाट वञ्चित भएको बताएका छन्।
एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।