शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तरल राजनीतिमा विप्लवको प्रवेश कति सान्दर्भिक ?


  • सोमबार, फाल्गुन २४ २०७७
16.8K
SHARES

बडा माहाराजधिराज पुथ्बीनारायण शाहको एकीकरण पश्चात स्थापना भएको यो देशमा सत्ता र शक्तिको लागी थुप्रै पटक नरसंहारहरु भए। थुप्रै देशभक्त, राष्ट्र भक्तहरुको उदय र अवसान पनी भयो थुप्रै शासकीय व्यवस्थाको प्रयोग पनी भयो तर ,अपवाद बाहेक सत्ता र शक्ति सँग मात्र जोडीयको राजनैतीक नेता र नेतृत्वको कारण विश्वमै गरीब राष्ट्रको रुपमा नेपाल परिचित रही नै  रहयो  । आम जनताले गाँस बास र कपासको त कुरै छाडौ समयमा पैसा तिरेर पानी पिउन र दिशा पिशाब गर्न गर्व गर्नु पर्ने दिन आयो। बिदेशी बिधालय र बिदेशी शिक्षकहरुबाट दिक्षीत अपबाद बाहेकको नेतृत्वहरुले बिदेशीकै ईसारामा काम गर्न थाले, ठुल -ठुला भ्रमको खेती गरे ।आफूलाई बादशाहको रुपमा परिभाषित गरे बिदेशीको सिकाई र ईसारामा क्रान्तिका नाममा निर्दोष जनताको बली दिए , देशको बिकासलाई रोकेर अपुरणीय आर्थिक क्षति गरे,पिता पुर्खाको पालादेखि चली आएको व्यवहारिक एंबम बैज्ञानीक बैधीक सनातन धर्म संस्कृती रिती रिवाज परम्पराको जरो उखलन तल्लीन भए त्यती मात्र होईन देशको सार्वभौमीकता,अखणडता,स्वतन्त्रतामामा आँच पुर्याए। आज हरेक नेपालीलाई देश रहन्छ की रहदैन भन्ने चिन्ता छ तर नेतालाई मेरो कुर्सी रहन्छ की रहदैन भन्ने चिन्ता छ।

जनता सिटामोलको अभावमा मरीरहेछन नेता सत्ता र शक्तिको लागी देशलाई बन्धक बनाई आफु आफु लडिरहेका छन । योग्यता, क्षमता,ईमानदारीता हिन नेतृत्वको कारण देश असफल राष्ट्रको सँघारमा छ तैपनि बिदेशी प्रभुको कृपामा सत्ता र शक्ति हत्याउन तछांड  मछाड गरीरहेको वर्तमान राजनैतीक तरल अवस्थालाई बिशिष्ट  राजनैतीक अबस्था भनी परिभाषित गर्दै सशस्त्र संघर्ष त्यागी विप्लव शान्तिपूर्ण राजनीतिमा पर्दापण गरेको छ। सशस्त्र संघर्षलाई आफ्नो कार्यदिशा बनाई भुमीगत राजनीती गरीरहेको विप्लव समुह कुनै मोलमोलाई बिना खुला राजनीतिमा आउनु सन्देह सँगसगै आशाको किरण पनि देखीयको छ। विप्लवले धेरै कुरा देखेका र भोगेका छन् । लामो समय सशस्त्र संघर्षमा बितायका छन् । बिगतमा आफ्नै नेतृत्वको विरुद्ध हतियार उठाएका छन् आफ्नै नेतृत्वको भण्डाफोर गरेका छन् अनी आफ्नो पुर्खाको इतिहासलाई पनी बुझेका छन् । सायद त्यसैको परिणाम होला उनि  सत्ता र शक्तिको मोल मिलाई बिनानै सामान्य अनी भद्र रुपमा सार्वजनिक भए।बिप्लवको  बिगतलाई हेर्दा पनी सधै उनले जन-जिविका र राष्ट्रबादी  धारको कुरा गर्दै आइरहेका छन् ।

सबै राष्ट्रवादी शक्ति एक हुन पर्ने आवाज बुलन्द गर्दै आएका छन्। सान्ती वार्ता मार्फत सार्वजनिक हुँदा पूर्ण रुपमा असफल भएको दलाल संसदीय व्यवस्थाको बिकल्पको रुपमा एकीकृत जन क्रान्ति र बैज्ञानीक समाजवादको अवधारणालाई अगाडी सारेका मात्र होईनन् खास खास बिषयमा जनमत संग्रह आबस्यक रहेको र त्यो जनताको अधिकार हो भनी लोकतन्त्रको सम्मान गरेका छन्। जनचाहना बिपरीत बिदेशीले थोपरेको अवैज्ञानिक सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षले देशलाई आर्थिक सामाजिक र भुगोलको हिसाबले पनी जर्जर बनाइरहेको परीपेक्षमा विप्लवको जनमत सङ्ग्रह, एकीकृत जन क्रान्ति अनी बैज्ञानीक समाजवाद देश र जनताको लागी कोसे ढुङ्गे साबित हुन सक्छ यस अर्थमा विप्लवलाई स्वागत अनी सुभकामना दिन सकिन्छ। ईतिहासको पानालाई पलटायर हेर्दा धेरै टाढा जानु पर्दैन बडामाहाराजधिराज पुथ्बीनारायण शाह,राजा त्रिभुवन, राजा महेन्द्र, राजा वीरेन्द्र, विपी कोइराला,मदन भण्डारी, मनमोहन अधिकारी,गणेशमान, कृष्ण प्रशाद भट्टराई र राजा ज्ञानेन्द्र जस्ता देश भक्त राष्ट्र भक्तको यही देशमा जन्म भएको छ । जसको आजपनि छुट्टै छाप रहेको छ।नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनैतिक अवस्थामा आफु के बन्ने ? कुन बाटो रोज्ने? चुनौती सँग सँगै अबसर पनि  प्राप्त गरेको  छ। । इतिहासलाई गम्भीर समीक्षा गर्दै पुर्खाको आन मान अनी सम्मानको जगेर्ना गर्ने दायित्व र जिम्मेवारी आज विप्लवको काँधमा आएको छ । उनकै भाषामा वर्तमान राजनैतीक परीस्थीतीले अवसर र चुनौतीका साथ प्रदान गरेको जिम्मेवारी र दायित्व पूरा गर्न आफैले प्रस्ताव गरेको एकीकृत जन -क्रान्ति र बैज्ञानीक समाजवादलाई नेपाली माटो र माथी उल्लेखीत देश भक्त राष्ट्र भक्त महापुरुषहरूको आदर्श र भावना सँग कसरी जोडछन् त्यसैमा विप्लवको सफलता र असफलताको मापन हुनेछ। जय देश।

(लेखक: किरण शाह अधिवक्ताका साथै समाज सेवी हुनुहुन्छ l)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा