शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपालका लागि अमेरिकी राजदूत बेरीको जिम्मेवारी फेरियो, नामिबियाका लागि सिफारिस


  • सोमबार, असार १३ २०७९
18.9K
SHARES

फाइल तस्विर

नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन्। गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए।

अमेरिकी राजदूत बेरीलाई प्रतिस्थापन गर्ने नवनियुक्त अमेरिकी राजदूत थम्पसनसंग अमेरिकी कूटनीति सेवामा २५ वर्षभन्दा लामो अनुभव छ।

थम्पसनले यसअघि अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीको अलावा मलेसियाका लागि अमेरिकी दूतावासको उपप्रमुख, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल तथा श्रीलंकास्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुख, रोमानियास्थित अमेरिकी दूतावास लगायतमा काम गरेको अनुभव छ ।

हाल नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहाक राजदूत रहेका नियोग उपप्रमुख म्यानुअल पी माइकलर पनि अमेरिकी राजदूतमा सिफारिस भएका छन्। उनलाई ताजिकिस्तानको लागि राजदूत सिफारिस गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको वेबसाइटमा उल्लेख गरिएको छ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए । साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा