शनिबार, असार १८ २०७९
ताजा अपडेट

अर्थतन्त्र जोगाउन भन्दै चिया कम पिउन पाकिस्तान सरकारको आग्रह !


  • KTM Khabar
  • बुधबार, असार १ २०७९
1.1K
SHARES

फाइल तस्विर

अर्थतन्त्र जोगाउन पाकिस्तान सरकारले त्यहाँका मानिसहरुलाई चिया कम पिउन आग्रह गरेको छ ।

वरिष्ठ मन्त्री एहसान इकबालले थोरै कप चिया पिउँदामात्रै पनि आयात बिल घटाउने बताएको बीबीसीले जनाएको छ । अहिले पाकिस्तानमा भएको विदेशी सञ्चिति मुद्रा सम्पूर्ण सामानको आयात गर्नुपर्दा दुई महिना पनि नपुग्ने अवस्था छ ।

पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता हो । जसले गतवर्ष मात्रै ६ सय मिलियन डलर बराबरको चिया आयात गरेको थियो ।  “म देशबासीलाई चियाको खपत एक वा दुई कपले कम पिउन अपिल गर्छु । किनकि हामी चिया ऋण लिएर आयात गरिराखेका छौँ,” पाकिस्तानी सञ्चार माध्यमअनुसार मन्त्री इकबालले भने ।

व्यवसायीले पनि विद्युत् बचत गर्न साढे ८ बजे नै पसल बन्द गर्न सक्ने उनले सुझाव दिएका छन् । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति द्रुत गतिमा घट्दै गएको बेलामा उच्च आयात लागत घटाउन र देशमा मुद्रा बचाइ राख्न कदम चाल्न चौतर्फी दबाब आएपछि सरकारबाट यो अनुरोध आएको हो । -बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा