शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रूस-यूक्रेन युद्धको १०० दिन, १ करोड २० लाख विस्थापित


  • शुक्रबार, जेष्ठ २० २०७९
16.2K
SHARES

फाइल तस्विर

रूसले छिमेकी युक्रेनमा आक्रमण गरेको सय दिन पूरा भएको छ। रूसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो।

सुरूमा पूर्वी युक्रेनसँगै राजधानी किएभलाई पनि लक्षित गरी आक्रमण गरिएको थियो। केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ।

यो अवधिमा दुबै देशले हजारौं सैनिक गुमाएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएका छन्।

शान्त र सुन्दर युक्रेन आज खण्डहरमा परिणत भएको छ।

युद्धको यो गर्मीले पूर्वी युरोप बाहिर विश्वका अन्य देशलाई पनि धेरै समस्यामा पारेको छ।

युद्धका कारण युक्रनेले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाएको छ। हाल युक्रेनको बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको छ। विभिन्न अध्ययनअनुसार रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना र अर्थतन्त्रमा प्रत्यक्ष क्षति पुगिसकेको छ। त्यस्तै, दसौं हजार युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् भने १ करोड २० लाख विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा