शनिबार, असार १८ २०७९
ताजा अपडेट

ब्राजिलमा रोकिएन वर्षा र बाढी, १२६ जनाको मृत्यु


  • KTM Khabar
  • शुक्रबार, जेष्ठ २० २०७९
1.3K
SHARES

फाइल तस्विर

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।

बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । उक्त राज्यमा  सयौँ घर  भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए । पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा