शनिबार, असार १८ २०७९
ताजा अपडेट

अफगानिस्तान एकैदिन चारवटा बम बिस्फोट, कम्तीमा १२ जनाको मृत्यु


  • KTM Khabar
  • बिहिबार, जेष्ठ १२ २०७९
1.3K
SHARES

फाइल तस्विर

अफगानिस्तानमा बुधबार एउटा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै मजार-ए-शरीफ क्षेत्रमा एउटा मिनीबसमा भएका तीनवटा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । यी विस्फोटमा अन्य १५ जना घाइते भएका छन् ।

यसपछि काबुलको एक मस्जिदभित्र बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले मजार-ए-शरीफमा भएको विस्फोटको जिम्मेवारी लिएको छ ।

काबुलको आकस्मिक अस्पतालले मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको जनाएको छ । रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै मस्जिद भित्र एउटा पंखामा बम राखिएको बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा