बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

रूसले परीक्षण गर्‍यो ६ हजार किलोमिटर पर मार हान्न सक्ने मिसाइल


  • KTM Khabar
  • बिहिबार, बैशाख ८ २०७९
1.7K
SHARES

फाइल तस्विर

छिमेकी युक्रेनमाथि आक्रमण गरिरहेको रूसले आणविक क्षमताको मिसाइलको परीक्षण गरेको छ।  समाचार संस्था रोयटर्सका अनुसार रूसी रक्षा मन्त्रालयले बुधबार सरमात नामक मिसाइल परीक्षणको भिडिओ सार्वजनिक गरेको छ।

उक्त भिडिओमा रूसी सैनिक अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मिसाइलबारे ब्रिफिङ गरिरहेको देखिन्छ। उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट छोडिएको मिसाइलले ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्वीपमा आफ्नो निशाना भेटाएको थियो।

मिसाइल परीक्षणपछि रूसी राष्ट्रपति पुटिनले यो परीक्षणले रूसका दुश्मनहरूलाई सोच्न बाध्य बनाउने बताएका छन्। पुटिनले यत्तिको अत्याधुनिक मिसाइल संसारमा अन्त कहीँ नभएको र अझै केही समय कसैले बनाउन नसक्ने दाबी गरेका छन्।

रूसले यो मिसाइलको परीक्षणका लागि वर्षौंदेखि तयारी गरेको थियो तर यसको परीक्षण दुई महिनादेखि रूसी सैनिकले युक्रेनमा आक्रमण गरे पनि सफलता पाउन नसकेका बेला भएको छ।यो मिसाईल परिक्षण गरेर रुसले आफ्नो बर्चस्व बिश्वलाई देखाउन खोजेको छ । युक्रेनमा आक्रमण गर्न समेत रुसले छोडेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा