शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु


  • मंगलबार, बैशाख ६ २०७९
13.3K
SHARES

म्यानचेष्टर युनाइटेडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका छोराका मृत्यु भएको छ । रोनाल्डोले आफ्नो छोराको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

यसअघि रोनाल्डो र उनकी पार्टनर जियोर्जिना रोड्रिग्वेजले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको खबर आएको थियो । सामाजिक सञ्जालमा पोस्ट गर्दै रोनाल्डो र रोड्रिग्वेजले ‘गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ ।’ लेखेका छन् ।

‘यो क्षतिका कारण हामी सबै अत्यन्त दुखी भएका छौ र यो कठिन घडीमा हामी गोपनीयता चाहन्छौँ ।’ यद्यपि उनकी एक छोरी भने बाँच्न सफल भएको जनाइएको छ ।

उनीहरुले यो ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भएको समेत बताएका छन् । रोनाल्डो र रोड्रीग्वेजले छोरीको जन्मले आफूहरूलाई ‘यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको’ जनाएका छन् ।

‘हाम्रा बालक, तिमी हाम्रालागि अमूल्य उपहार थियौ, हामी तिमीलाई सधैँ माया गर्नेछौँ’ सामाजिक सञ्जालमा उनीहरूले लेखेका छन् । यता रोनाल्डोको क्लब म्यानचेष्टर युनाइटेडले पनि रोनाल्डोको छोराको निधनप्रति दुख प्रकट गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा