काठमाडौं ।
रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा संलग्न भए बाल्टिक क्षेत्रमा आणविक हतियार पठाउने चेतावनी दिएको छ ।
स्वेडेन र फिनल्याण्डले छिट्टै नेटोमा जोडिने निर्णय गर्ने बताईरहेको बेला रुसको सुरक्षा परिषद्का उपाध्यक्ष समेत रहेका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् ।
स्वीडेन र फिनल्याण्ड नेटो सदस्य बनेमा रुसले आणविक हतियार र हाईपरसोनिक मिसाइलहरु बाल्टिक क्षेत्रमा तैनाथ गर्ने भन्दै मेदभेदेवले त्यसपछि आणविक मुक्त बाल्टिक क्षेत्रको विषयमा वार्तासमेत नहुने बताएका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी समेत रहेका मेदभेदेवले स्वीडेन र फिनल्याण्डलाई आफ्नै आँगनमा आणविक हतियारको भारी देखेन बाँच्ने अवस्था नल्याउन पनि चेतावनी दिएका हुन् । रुसले आफ्नो भूमि रक्षाका लागि आणविक हतियार र हाइपरसोनिक मिसाइल सहित आफ्नो जल तथा हवाई सेनालाई बाल्टिक क्षेत्रमा तैनाथ गर्ने चेतावनी पनि उनले दिएका छन । फिनल्याण्डको रुससँग १३ सय किलोमिटर सीमा जोडिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।