शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युक्रेनमा रुसले गरिरहेको हमला ‘नरसंहार’ हो : बाइडन


  • बुधबार, चैत्र ३० २०७८
11.9K
SHARES

फाइल तस्विर

युक्रेन माथि हमला गरेको रुसमाथि अमेरिकी राष्ट्रपति खनिएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनले युक्रेनमाथि नरसंहार गरेको भनेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् । अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् ।

अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले नरसंहार शब्दको प्रयोग गरेको बाइडनले बताए ।

हो मैले नरसंहार भनें, अब यो स्पष्ट छ कि पुटिन युक्रेन छ भन्ने विचारलाई नै नामेट पार्न लागि परेका छन्, यस्तो प्रमाण फेला परेका छन्,’ उनले भने ।

यसअघि राजधानी किभ नजिकैको बुचा शहरमा यत्रतत्र शव भेटिएपछि युक्रेनी राष्ट्रपतिले भोलोदिमीर जेलेस्कीले रुसले नरसंहार गरेको बताएका थिए । बुचामा शव भेटिएपछि रुसमाथि युद्ध अपराधको आरोप पनि लाग्न थालेको छ । एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा