रुसबाट भारतले तेलको आयात बढाउने नीति लिए सँगै अमेरिका असन्तुष्ट देखिएको छ।
रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित नहुने अमेरिकाले टिप्पणी गरेको छ । दुई मुलुकका सरकारप्रमुखबीच भएको संवादका क्रममा अमेरिकी राष्ट्रपति जो
राष्ट्रपति बाइडेनले रुसबाट तेलको आपूर्ति कटौती गरेको खण्डमा उर्जा विविधीकरणका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको समेत आश्वासन दिएको ह्वाइट हाउसले जनाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार यसबारे जानकारी दिँदै भनिन्– ‘तेल आयातको माध्यमको विविधीकरण गर्नका लागि सहयोग गर्न हामी तयार छौँ भनेर राष्ट्रपतिले सन्देश दिनु भएको छ ।
अमेरिकाबाट भारततर्फ हुने आयात अहिले पनि उल्लेखनीय छ, रुसबाट हुने आयात भन्दा निकै धेरै ।’ उनले भनिन्, ‘यो बढाउनु भारतको हितमा नरहेको राष्ट्रपतिले टिप्पणी गर्नुभएको छ ।’
अमेरिकाले भारतलाई रुसी अर्थतन्त्रमा थप दबाब बढाउनका लागि रुसबाट आयात घटाएर सहयोग गर्न आग्रह गर्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।