शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

भारतले रुसबाट तेल किन्ने विषयमा बोल्यो अमेरिका : प्रतिबन्ध उल्लंघन भएको छैन


  • मंगलबार, चैत्र २९ २०७८
13.4K
SHARES

तस्विरः फाइल

रुसबाट भारतले तेल आयात गरेको विषयमा अमेरिकाले भारतद्वारा रुसमाथि लगाइएको कुनै पनि प्रतिबन्धको उल्लंघन नगरेको बताएको छ। अमेरिकाको यो बयान प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल भेटपछि आएको हो।

सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले दुई देशका नेताबीचको वार्ता सकारात्मक भएको बताइन्।

बाइडेनले रुससँगको ऊर्जा व्यापार सीमित गर्न भारतलाई दबाब दिएका हुन् भनी सोध्दा साकीले भनिन्, ‘ऊर्जा आयातमा प्रतिबन्ध छैन र उनीहरूले हाम्रा प्रतिबन्ध उल्लङ्घन गरेका छैनन्। प्रत्येक देशले आफ्नो हितमा निर्णय गर्ने कुरा हामी स्वीकार गर्छौं।”

भेटमा बाइडेनले रुसबाट हरेक उत्पादनको आयात बढाउनु भारतको हितमा नभएको प्रधानमन्त्री मोदीलाई बताए।

रुसबाट तेल खरिदको मात्रा नबढाउन बाइडेनले मोदीसँग कुनै वाचा मागेको हुन् कि होइन भन्ने प्रश्नमा साकीले भनिन्, ‘यस विषयमा प्रधानमन्त्री मोदी र भारतीय नेताहरूले बोल्नेछन्, भारतले हाल रुसबाट १–२ प्रतिशत मात्रै तेल खरिद गर्छ। उनीहरु अमेरिकाबाट १० प्रतिशत खरिद गर्छन्। यो कुनै प्रतिबन्धको उल्लङ्घन होइन।’ बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा