शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

लुटेरा समूहले निकाले यस्तो जुक्ति, तीन दिन लगाएर ६० फिट लामो पुल चोरे


  • शनिबार, चैत्र २६ २०७८
11.5K
SHARES

काठमाडौं —

भारतको बिहारमा लुटेराहरूको समूहले ६० फिट लामो फलामे पुल नै चोरी गरेको छ । बिहारको रोतस जिल्लास्थित ४५ वर्ष पुरानो पुललाई उनीहरूले फुकालेर चोरी गरेका हुन् ।

स्थानीयहरूका अनुसार लुटेरा समूहले स्थानीय अधिकारीहरूलाई झुक्याएर तीन दिन लगाएर उक्त पुल चोरेको थियो । उनीहरूले आफूलाई सिंचाइ विभागका अधिकृत भएको भन्दै झुक्याएर पुल चोरेका थिए । यस क्रममा उनीहरूले जेसीबी लगायत उपकरणको प्रयोग गरेर फलाम काटेर पुल चोरी गरेका थिए ।

चमत्कारिक रुपमा पुल नै चोरी भएपछि गाउँलेहरू स्तब्ध बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फर्स्ट पोस्टका अनुसार उक्त पुल अमियावार गाउँको आरा–सोनेस्थित सन् १९७२ मा निर्माण भएको थियो ।

सिंचाइ विभागले भने उनीहरूविरुद्ध उजुरी दर्ता गरेको इन्जिनियर अर्शद कमल शाम्शीले बताए । ५०० टन तौल रहेको उक्त पुल चोरी भएको उक्त घटना अहिले सामाजिक सञ्जालमा पनि चर्चाचको विषय बनेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा