ओस्लो —
नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले आफूभन्दा ३२ वर्ष कम उमेरकी युवतीसँग स,म्बन्ध रहेको खुलासा भएपछि पदबाट राजीनामा दिएका छन् । ५० वर्षको उमेरमा १८ वर्षकी किशोरीसँग उनको सम्बन्ध रहेको खुलासा भएको हो ।
उक्त सम्बन्ध वर्षौंसम्म चलेको पनि बताइएको छ । उक्त असमान सम्बन्धबारे खुलासा भएपछि रक्षामन्त्री एनोक्सेनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री जोनास गाहर स्टोरले उनको राजीनामा स्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री स्टोरले भनेका छन्, ‘रक्षामन्त्रीको बारेमा जे कुरा बाहिरियो यसपछि यो एउटा आवश्यक निर्णय थियो ।’
एनोक्सेनले भने आफूले गलत काम गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन् । ‘मैले धेरै गलत छनोट र निर्णय गरेको छु र मेरो कार्यले अरूको जीवनलाई अझ कठिन बनाएकोमा सधैं माफी माग्नेछु,’ एनोक्सेनले भने ।
स्थानीय मिडिया अनुसार एनोक्सेनले सन् २००५ मा उच्च माध्यामिक विद्यालयकी १८ वर्षीया किशोरीसँग सम्बन्ध राखेका थिए । त्यसबेला उनी ५० वर्षका थिए । ती किशोरी साथीहरूसँग राजधानी ओस्लोस्थित संसद्मा शैक्षिक भ्रमणमा गएका बेला उनीहरूबीच पहिलो भेट भएको बताइएको छ।
भेटपछि ती किशोरीलाई एनोक्सेनले घनिष्ठ सम्बन्ध बनाउन र यौ,’न सम्बन्ध राख्न प्रस्ताव गरेको अनुसन्धानले पुष्टि गरेको छ । अहिले ३० वर्ष नाघेकी ती महिलाले राजनीतिमा आफ्नो रुचीको कारण एनोक्सेनबाट परेको प्रभाव रहेको प्रतिक्रिया दिएकी छन् । साथै उनले आफूहरूको सम्बन्धबारे पनि बताएकी थिइन् ।
ती महिलाका अनुसार एनोक्सेन ऊर्जा मन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेट भएको र भेटमा उनीहरूले ‘यौ,’नज’न्य क्रियाकलाप’ समेत गरेका थिए । यद्यपि कार्यालयमा भेट्ने क्रममा छा,’डा गतिविधि नगरेको र आपसी प्रेम बढाएको बताएकी छन् । एनोक्सेनले भने आफू मन्त्री पदबाट हटेपछि सन् २००७ मा घनिष्ठ सम्बन्ध भएको प्रतिक्रिया दिएका छन् ।