हाम्रो वैदिक सनातन धर्म अद्भुत छ । वैदिक सनातन धर्म मान्ने हरुले घरमा सुख समृद्धि बनाई राख्नको लागि हाम्रा पूर्वजहरूले पहिले देखी नै धेरै परम्पराहरू मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरूले पुराना परम्पराहरू मान्न छाडिसके । ज्योतिष विज्ञानका अनुसार मानिसहरूले त्यस्ता पुराना परम्पराहरूको ध्यान आज पनि राखेमा त्यसबाट सकारात्मक फलहरू पाइन्छ । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरूको कृपा पाइन्छ ।
बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।
मन्दिर सफा राख्नुहोस : घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।
बिहानै भुमिलाई प्रणाम गर्नुहोस : बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।
गाईलाई रोटी खुवाउनुहोस् : सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।
सुर्यलाई जल चढाउनुहोस् : सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।